Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक, युक्रेनी सेनामा पनि नेपाली भर्ती !

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको खुलेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ ।

सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।हालसम्म रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले मन्त्रालयले जनाएको छ ।

यस्तै युक्रेनी सेनामा समेत नेपाली युवाहरु भर्ती भएको खुलासा भएको छ । प्रधानमन्त्री प्रचण्डले युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको सूचना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077