Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेपत्ता भएको चार दिनपछि मृत भेटिए स्वास्थ्यकर्मी, अनुसन्धान गर्दै प्रहरी

सिमकोट । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेब अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।

फडेरा गएको शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, “घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरीचौकीको टोली घटनास्थलमा पुगेको छ ।”

मुचुल्कापछि आज बाजुराको कोल्टीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा शव परीक्षणका निम्ति लैजाने प्रनाउ खनालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077