Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट करिब १ सय ८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077