Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सार्वजनिक लेखा समितिले बोलायो बैठक, एनसेलबारे छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ।

दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद(बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो।

बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077