Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सार्वजनिक लेखा समितिले बोलायो बैठक, एनसेलबारे छलफल हुने

    सार्वजनिक लेखा समितिले बोलायो बैठक, एनसेलबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 738
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ।

    दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद(बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो।



    बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।

    मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार