Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनसेलको शेयर विक्रीमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो छ : शेखर कोइराला

ओखलढुंगा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एनसेलको शेयर विक्रीमा नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

नेता कोइरालाले नेता, कर्मचारी र व्यापारीहरूको मिलेमतोबिना एनसेलको सेयर विक्री सम्भव नभएको बताए ।

नेता कोइरालाले भने,‘अहिले एनसेलन सेयर विक्रीको कुरा आएको छ । राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोविना एनसेल शेयर विक्री हुन सक्दैन । यसबारे हामी संसदमा पनि कुरा उठाउँछौ ।’

यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको कोइरालाले बताए । नेता कोइरालाले नेपालमा भ्रष्टाचार निर्मूल गर्नुपर्ने आवश्यकता रहेको भन्दै देश परिवर्तन गर्न नेपाली कांग्रेस परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077