Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयरधनी परिवर्तन भएपनि हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन : एनसेल

काठमाडौं । एनसेलले सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध नहुने स्पष्ट पारेको छ ।

एनसेलले एक सूचना जारी गर्दै सेयरधनी परिवर्तन भएपनि हाल प्रदान गरिँदै आएका सेवा र सुविधामा कुनै अवरोध नपर्ने स्पष्ट पारेको हो ।

कम्पनीले १८ वर्ष जसरी नै आगामी दिनमा पनि उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

एनसेलले कुल १ करोड ६० लाख प्रयोगकर्ता तथा साझेदार रहेको उल्लेख गरेको छ। मलेसियन कम्पनी एक्जियटाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077