Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विप्लवलाई पक्राउ पुर्जीविरुद्ध निकालियो मसाल जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठनले आज काठमाडौँमा राँके जुलुस निकालेको छ ।

आफ्ना पार्टीका नेताहरूलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको विरोधमा संघर्ष गर्ने घोषणा गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमवार महासचिव नेत्रविक्रम चन्द 'विप्लव'सहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077