Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, एन्जियोप्लास्टी गरियो

काठमाडौं । छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

उनको निजी सचिवालयका अनुसार लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077