Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध ९ग्राउन्ड ह्यान्डलिङ० सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए।

उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।” समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उनले बताए ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ । हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077