Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - एनसेल किनबेचमा नेताहरूले नै पैसा खाए !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सभापति लामिछानेले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सभापति लामिछानेले भनेका छन्,‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो?’

सभापति लामिछानेले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरे।

स्पाइसबाटै चलखेल सुरू भएको सभापति लामिछानेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077