Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्टरपोलको महासभामा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

    इन्टरपोलको महासभामा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी भएर स्वदेश फिर्ता भएका छन् । उनी अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सचिवालयले मंसिर १२ देखि १५ गतेसम्म आयोजना गरेको महासभामा सहभागी हुन भियना गएका थिए ।

    उनीसँगै महासभामा सहभागी भएका इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोली पनि स्वदेश फिर्ता भएका हुन् ।



    उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायउत वरिष्ठ प्रहरी अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भ्रमण सफल भएको प्रहरी अधिकृतहरुले दाबी गरेका छन् ।



    महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल भएको थियो ।

    साथै इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो ।

    महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार