Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने महतो पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरेको हो ।

महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको साइबर ब्यूरोले जानकारी दिएको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतको मंसिर २१ गतेको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077