Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

    एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 609
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद–बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नूरनगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।



    अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई सोमवार छलफलका लागि बोलाएको छ ।



    सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार