Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संघीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन् ।

बिहीबार घोराहीमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने कार्यकर्ताको भावनाअनुसार काम गरिरहेको पनि सुनाए ।

“भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम–कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनु हुँदैन,” उनले भने ।

एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077