Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेटघाट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेटघाट गरेका छन् ।

उनले उपराष्ट्रपति यादवसँग लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट संगठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहदै आएको बताउँदै दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077