Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

एजेन्सी । युक्रेनका संसद् सदस्य इल्या किभाको मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर हतियारद्वारा हत्या गरिएको छ ।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो।

युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय 'जियुआर'ले किभाको मृत्युको जिम्मेबारी लिएको छ।

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन्।

प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077