Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१९ एसिया कप : नेपाल र पाकिस्तानबीचको खेल युट्युबमा हेर्न सकिने

काठमाडौं । शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा एसीसी यू–१९ एसिया कप क्रिकेट सुरु हुँदैछ।

नेपाली क्रिकेट टोलीले पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानसँग खेल्दै छ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ।

नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता मंसिर २२ देखि पुष १ गते (डिसेम्बर ८देखि १७) सम्म चल्नेछ।सबै खेल आइसीसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

प्रतियोगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् ।

नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077