Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू–१९ एसिया कप : पाकिस्तानसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलअन्तर्गत नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

यूएईस्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो।

पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ।

नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन्। नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन्।

पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन्। उनले ३ वटा टी–२० आई खेलिसकेका छन्। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077