Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू-१९ एसिया कप : नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको हो ।

तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए ।

उनलाई पाकिस्तानी बलर अमिर हसनले साद बेगद्वारा क्याच गराएका थिए ।

२.२ ओभरमा तिलक आउट हुँदा नेपालले १० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077