Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ एसिया कप : नेपालको खराब सुरुवात, कप्तान खनाल शून्य रनमै आउट

काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो ।

१२ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । उनी आउट हुँदा नेपालले ३३ रन बनाएको छ ।

नेपालका आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परेका छन्।

त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077