Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सतिशलाल आचार्यले भने – उपभोक्तालाई उच्च गुणस्तरको सेवा प्रदान गर्न एनसेल प्रतिबद्ध छ

    सतिशलाल आचार्यले भने – उपभोक्तालाई उच्च गुणस्तरको सेवा प्रदान गर्न एनसेल प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्ध जनाएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने बताएको हो ।



    एनसेलले नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पु¥याउँन प्रतिबद्ध रहेको जनाएको छ ।



    स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिशलाल आचार्यको भनाई राख्दै एनसेलले भनेको छ,’आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ ।’

    आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरुमा कारोबारको विस्तृत विवरण प्रदान गरेको उनको भनाई छ । एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको जनाएको छ । शेयरधनी आचार्यले आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको समेत बताएका छन् ।

    एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने उनको भनाई छ ।

    लाखौं नेपालीहरुको जीवनलाई समृद् बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार रहेको शेयरधनी आचार्यले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार