Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो ।

पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशयी भयो । नेपालका लागि उत्तम थापामगरले अर्धसतक बनाए ।

त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट भए भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आएका गुल्शन झा १ रनमै पेभेलियन फर्किएका थिए।

नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077