Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्युनिष्टसँग गठबन्धन गरे कांग्रेसको अस्तित्व समाप्त हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन्।

रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने,‘यदि कांग्रेसले गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीहरुसँग गर्नुपर्छ। कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ।’

उनले देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए। गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने कुरामा सोच्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो।

नेता कोइरालाले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ। तर गठबन्धन प्रि-इलेक्सन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। हामी त डेमोक्रेटिक पार्टी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ? भन्ने ध्यान दिनुपर्छ।’

एउटा डेमोक्रेटिक पार्टी कम्युनिस्टहरुसँग गठबन्धन गर्दा कहाँ पुग्ने हो भन्ने विषयमा सोच्नुपर्ने भन्दै उनले अब कांग्रेसले कम्युनिस्टसँग गठबन्धन नगर्ने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077