Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रोकिएन नेपालमा सुन तस्करीको धन्दा

    रोकिएन नेपालमा सुन तस्करीको धन्दा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा दुई किलोग्राम सुन बरामद भएको हो ।



    सो गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का बरामद गरेको प्रहरीले जनाएको छ ।



    उनीहरुमाथि अवैध तरिकाबाट सङ्गठित रुपमा भन्सार तथा राजस्व छलि सुनको कारोबार गरेको हुँदा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

    उनीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । नेपालमा सुन तस्करीको घटना शृङ्खला रोकिएको छैन । तस्करीको अनुसन्धान र नियन्त्रणका लागि कयौँपटक विभिन्न समिति पनि बनेका छन् ।

    सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग समेत उठ्ने गर्छ । बेलामौकामा प्रहरीले सुन समेत बरामद गर्दै आएको छ। तस्करीको धन्दा भने रोकिएको छैन । शुक्रबार राति मात्रै त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार