Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनसेललाई सरकारको स्वामित्वमा आउन नदिन म दुबई भएकै बेला चलखेल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्री भएसम्म देशमा अहित हुने खालको गतिविधि हुन नदिने बताएका छन् ।

धनगढीको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशमा राष्ट्रविरुद्ध विभिन्न गतिविधि गर्ने प्रयास भइरहेको प्रस्ट पार्दै त्यसविरुद्ध सबै दल एकजुट भएको बताए ।

उनले एनसेलको सेयर खरिद बिक्रीमा चलखेल गर्न खोजेको समेत स्पष्ट पारे ।

नेपाल सरकारको स्वामित्वमा आउन नदिन आफू दुबई भ्रमणमा भएकै बेला एनसेल खरिद बिक्रीमा चलखेल भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077