Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठ बोकेको ट्याक्टरसहित दुई जना पक्राउ

झापा । ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडकमा काठ लोड गरेको ट्याक्टरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चुरे क्षेत्रको जंगलबाट मे १ त ८०५ नम्बरको ट्याक्टरको डालामा माथिबाट माटोले पुरेर चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान र ८ फिटको २० थान गरी ५२ थान काठ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५४ दशमलव ५ क्यूफिट सखुवा जातको काठ र ट्याक्टरसहित अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077