Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले लिइन् जानकारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठको यही मंसिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै ‘डिस्चार्ज’ हुने केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077