Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आजियाटाविरुद्ध अमरेशले हालेको रिटमा आज पेशी

    आजियाटाविरुद्ध अमरेशले हालेको रिटमा आज पेशी

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 576
    SHARES

    काठमाडौं । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ ।

    एनसेलको आजियाटाको ८० प्रतिशत शेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।



    सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेत लाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।



    आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ । त्यसपछि एनसेलको शेयर खरिद बिक्रिबारे व्यापक विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार