Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लमजुङमा क्रिसमसको भोज खाएका ३५ मध्ये १ जनाको मृत्यु, १८ जना बिरामी

काठमाडौं। लमजुङमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा सहभागी भएकाहरुमध्ये सुन्दरबजार नगरपालिका–९ की देवी परियारको मृत्यु भएको हो । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको लमजुङ प्रहरीले जनाएको छ । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077