Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077