Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परस्त्रीसँगै होटलमा रंगेहात पक्राउ परे रामधुनी–७ का वडाध्यक्ष

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम पक्राउ परेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु धरान–१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका ती महिलाका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए ।

पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको बताएका छन् । गौतम एमालेबाट दोस्रोपटक निर्वाचित अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077