Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

पाल्पा । पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा निस्दी गाउँपालिका–४, मित्याल गाँङ्सिङ्डाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घर नजिकैको बारीमा फाँपर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्न जाने क्रममा लड्दा अचानक भरुवा बन्दुक पपड्किएर सारुलाई बन्दुकको छर्राले लागेको थियो ।

सो घटनाबाट गम्भीर घाइते भएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077