Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस गरेको योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि सहसचिवमा बढुवा हुनेछन् ।

बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।

2023-12-11-12-11-01-gopa-mangsir-25-3

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077