Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसद सचिवालयको नयाँ महासचिवमा पाण्डे सिफारिस

काठमाडौं । संसद सचिवालयको महासचिवमा पदम प्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डे सिफारिस भएका हुन् ।

गौतमले आइतबार राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका हुन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077