Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलविरुद्ध सांसद अमरेश सिंहको रिटमा आज सुनुवाइ

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

लगाार दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई सरेको हो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077