Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको अपिल – संकल्पयात्रामा अवरोध नगर्नू

    एमालेको अपिल – संकल्पयात्रामा अवरोध नगर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 537
    SHARES

    काठमाडौं । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकामा पार्टीको ध्यानाकर्षण भएको बताए ।



    उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले यस्ता अभियानमा अवरोध नगर्न र सहयोग गर्न आग्रह गरे ।



    यता एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ ।

    उदयपुरको कार्यक्रममा करिब एक हजार पहिचान पक्षधर उपस्थित हुने सुरक्षा निकायको अनुमान छ । जाडो समय भएकाले बस्ने र खानेको टुंगो नहुने भएकोले पहिचान पक्षधरको ठूलो संख्या अवरोधमा नआउने अनुमान गरिएको छ । झडपको अवस्था आउने देखेमा पहिचान पक्षधरका नेतालाई बिहानैदेखि नियन्त्रणमा लिने सुरक्षा रणनीति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार