Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाले बोलायो राजनीतिक र केन्द्रीय समितिको बैठक

    जसपाले बोलायो राजनीतिक र केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 501
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको हो ।



    यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ ।



    त्यस कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार