Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट न्यायाधीश ढुंगानाको इजलासमा

    एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट न्यायाधीश ढुंगानाको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 486
    SHARES

    काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।

    सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको मंगलबार तेस्रो पटक हो । यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।



    आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।



    नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार