Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार

झापा । झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मुक्का र ढुंगा प्रहार भएको छ ।

दमक नगरपालिकाले सुरु गर्ने लागूऔषधसम्बन्धी अभियानको उद्घाटनका लागि दमक आउने क्रममा पहिचानवादी समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुंगा प्रहार गरेका हुन्।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् ।

मुख्यमन्त्री कार्कीविरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी समेत गरेका थिए ।

अगाडि र पछाडि प्रहरीको भ्यानसहित बीचमा आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर एउटा हुलले मुख्यमन्त्रीको सवारीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077