Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

३६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो ।

परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे ।

योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५.४४ अंकमा उक्लेको हो । गत आइतबार १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घटेर बन्द भयो ।

तर, मंगलबार सुरुदेखि नै बजारले सुधारको बाटो समातेको थियो । कारोबार अवधिमा सामान्य उतारचढाव भएपनि अन्तत स् नेप्से करिब ३७ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077