Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एनसेल बिक्रीविरुद्ध अमरेशको रिट आज पनि हेर्न नभ्याइनेमा

    एनसेल बिक्रीविरुद्ध अमरेशको रिट आज पनि हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 603
    SHARES

    काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दर्ता गराएको रिट आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको रिट फेरि पनि हेर्न नभ्याउनेमा परेको हो ।



    सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।



    सिंहले मंसिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् ।

    यसअघि मंसिर २४ गते आइतबार र मंसिर २५ गते सोमबारको पेसीमा पनि सिंहको रिट हेर्न नभ्याउनेमा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार