Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'ईः'विरुद्ध नै ललितपुरका स्थानीयले गरे प्रदर्शन

काठमाडौं। ललितपुरका स्थानीयले सामाजिक अभियन्ता 'ईः' का विरुद्ध नै प्रदर्शन गरेका छन् ।

फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।

अभियन्ता ई:ले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए। उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन्।

त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ई: लगायत प्रदर्शनकारीले बोकेको प्याम्प्‍लेट च्यातेका छन्। आक्रोशित भएका स्थानीयले ई:माथि जाइलागेपछि प्रहरीले उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगिएको छ।

अहिले पुल्चोकमा सुरक्षाकर्मीहरू खटिएका छन्। ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र 'फुटपाथ पसल निषेधित क्षेत्र' तोकेको थियो।

फुटपाथ व्यवसायीहरू बढेको भन्दै महानगरले उक्त क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो। त्यसरी निषेधित क्षेत्र तोकेपछि ई:ले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077