बैतडी । बैतडीमा एक महिलाको बीभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन् ।
मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए । त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको बताइएको छ ।
चन्दले २ बाख्रा पनि काटीदिएका छन् । अभियुक्त चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि बैतडी प्रहरीले अनुसन्धान थालेको छ ।