काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ६९ वर्ष पूरा भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार आफ्नो ६९औं जन्मोत्सव मनाएका हुन् । उनी ६९ वर्ष पूरा भई ७० मा टेकेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालको विसं २०११ मंसिर २६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा-२ लेवाडेमा जन्म भएको हो।
पिता मुक्तिराम र आमा भवानीका जेठो छोराको रूपमा प्रचण्डले जन्म लिएका थिए । उनले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए ।