Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जन्मदिनको शुभकामना दिएका छन् ।

उनले मंगलबार राति सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।

एमालेको संकल्प यात्रा अन्तरगत मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएको जानकारी गराए ।

‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !,’ ओलीले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077