Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

    भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।



    अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकामा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा छन् । उनीहरूले भिजिट भिसामा जाने यात्रुको भिसा र अन्य कागजपत्र नक्कली तयार गरी अध्यागमनका कर्मचारीको मिलेमतोमा विदेश पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।



    प्रहरीले सोही गिरोहमा संलग्न एसिई कन्सल्टेन्सीका सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस। टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

    नक्कली कागजपत्रमार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार