Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्रीको गाडीमा आक्रमण गर्ने आदिवासी जनजाति महासंघका अध्यक्ष पक्राउ

झापा । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा नगरपालिका-८ स्थित घरबाटै मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झन्डा देखाउने र गाडीमा तोडफोड गरेको घटनामा चौधरीको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको छ । सोमबार दिउँसो लागू औषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट पहिचान पक्षधर समूहले मुख्यमन्त्री कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077