Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा तत्काल युद्धविराम गर्न राष्ट्रसंघीय महासभाको माग

एजेन्सी । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल युद्धविरामको माग गरेको छ ।

महासभामा भएको मतदानमा बहुमतले गाजामा तत्काल युद्धविरामको माग गरेको हो ।

महासभाबाट बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

प्रस्तावको पक्षमा नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १५३ मुलुकले मतदान गरेका छन् । प्रस्तावको विपक्षमा इजरायल, अमेरिका, अस्ट्रियालगायतका १० देशले मतदान गरे ।

त्यस्तै अर्जेन्टिना, युक्रेन, जमर्नी, बेलायतलगायतका २३ देश भने मतदानमा अनुपस्थित रहे । इजरायल र हमासबीच गत अक्टोबर ७ यता लगातार संघर्ष चलिरहेको छ ।

बीचमा ६ दिन संघर्षविराम भए पनि पुनस् इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ ।

यस बीचमा हमासले १०० बन्धक छाडेको छ त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ । अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077