Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बुधबार नेप्से २ अंकले बढ्दा झण्डै ४ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

दिनभर उचारचढावका बीच नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा कायम भएको हो।

सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।

कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चियो । कुल १३४ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ७ को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।

बुधबार बैंकिङ ४, विकास बैंक ४४, फाइनान्स ६, जलविद्युत् ९, उत्पादन ४२, माइक्रोफाइनान्स २९, अन्य ५ अंक बढे ।

निर्जीवन बीमा १४४, व्यापार २, जीवन बीमा १२९, निर्जीवन बीमा १४४ र होटल तथा पर्यटन उपसमूह ८९ अंक घटे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077