Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको कार्यशैली सुधारका लागि जसपा अध्यक्ष उपेन्द्रको ५३ बुँदे सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारको कार्यशैलीमा सुधारका लागि प्रस्तावहरू पेस गरेका छन् ।

जसपा अध्यक्ष यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएको थियो ।

यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् । यादवले संघीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धमा एउटा, सामाजिक न्यायको हकसम्बन्धमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

संघीयता कार्यान्वयन सम्बन्धमा आफ्नो सुझावमा यादवले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्ने, संघिय निजामति ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, संविधानको अनुसूची ६ र ७ को अधिकार सूची अनुसार प्रदेशलाई क्षेत्राधिकार प्रदान गर्न अध्यादेश जारी गर्ने तथा संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेश सरकारका विषयहरु प्रदेश सरकारलाई दिने र अनावश्यक खर्च कटौती गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077